|

डडेल्धुरा : सुदूरपश्चिममा बुधबार ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। धनगढीस्थित प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका ५ र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको हो।

कैलालीको टीकापुर नगरपालिका १९, २३, २५, २६ र ३५ वर्षीय पुरुष र कञ्चनपुरको बेलौरी नगरपालिकाका २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको उनले जानकारी दिए। योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ६४ पुगेको छ।

यसअघि मंगलबार यहाँका १० जनामा कोरोना पुष्टि भएको थियो। कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका एकएक जनामा कोरोना पुष्टि भएको थियो। कैलालीको टीकापुर नगरपालिका २३, २४, ३६ र ४० वर्षीय पुरुष, धनगढी उपमहानगरपालिकाका दुई वर्षीया बालिका र २८ वर्षीय महिला, मोहन्याल गाउँपालिकाका १७ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको थियो।

डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २२ वर्षीय युवक, दार्चुलाको लेकम गाउँपालिकाका २६ वर्षीय युवक, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रदेश ५ मा गरिएको परीक्षणमा अछामकी एक महिलामा मंगलबार नै कोरोना पुष्टि भएको थियो। 

सोमबार एकै दिन यहाँका ३७ जनाको कोराना संक्रमण पुष्टि भएको थियो। कञ्चनपुरका १९ जना, दार्चुलाका १०, डडेल्धुराका ७ र कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका ६० जना, कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका दुई जनाको मृत्यु भइसकेको छ भने १९ जना निको भएर घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.