|

कपिलवस्तु : वाणगंगा नगरपालिकाले एक अर्ब १८ करोड ३५ लाख ६५ हजार ४३० रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

नगरपालिकाले कृषि, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएको छ। आकाशे पुल, डम्पिङ साइट, बसपार्क, नगर चक्रपथ निर्माणमा समेत जोड दिएको उपप्रमुख चक्रपाणि अर्यालका बताए।

बुधवार कपिलवस्तुकासात स्थानीय सरकारले नीति तथा कार्यक्रम समेत प्रस्तुत गरेका छन्। बुद्धभुमि नगरपालिका, शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका, कपिलवस्तु नगरपालिका, विजयनगर गाउँपालिका र मायादेवी गाउँपालिका नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। शुद्धोधन गाउँपालिका र कृष्णनगर नगरपालिकामा नीति तथा कार्यक्रम पेस भएको छैन। नीति तथा कार्यक्रममा प्रस्तुत गरेका स्थानीय सरकारले स्वास्थ्य, स्वरोजगारी, कृषि अनुदान, विपत् व्यवस्थापनमा जोड दिएका छन्।

महाराजगन्ज नगरपालिकाले करिब सवा अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको बताइएको छ। नगरपालिकाले  कृषि र स्वास्थ्यलाई प्राथमिकता दिएको छ। कृषिका योजनामा युवालाई कृषितर्फ केन्द्रित हुने गरी अनुदान दिने गरी बजेट विनियोजन हुने नगरपालिकाका योजना अधिकृत निरन्जन पौडेल बताउँछन्।

बुद्धभुमि नगरपालिकाको बजेटमा युवा स्वरोजगारका साथै अस्पताल निर्माण, दमकल सञ्चालन, नगर प्रहरी राख्ने विषयमा जोड दिएको छ। युवा रोजगारीका लागि कृषि अनुदान, सहुलियत दरमा कर्जा दिने नीति समेत तय गरेको छ। नगरले ९६ करोडको अनुमानित बजेटको परिकल्पना गरेको छ।

कपिलवस्तु नगरपालिकाले यस वर्ष पर्यटनमा जोड दिने नीति बनाएको छ। गौतम बुद्धसँग जोडिएका पुरातात्त्विक क्षेत्रको गुरु योजना तयारी गरी पर्यटनको विकास गर्ने लक्ष्य लिएको छ। नगरले औद्योगिक ग्राम स्थापनामा समेत जोड दिएको छ।

विजयनगर गाउँपालिकाले ५१ करोड ३० लाखको अनुमानित गर्दै ‘वडा वडामा बीउ बैंक’ स्थापना गर्ने बताइएको छ। कृषिमा आधारित रोजगारी र अस्पताल सञ्चालनमा जोड दिने गरी बजेट ल्याउने गाउँपालिकाका प्रमुख गोपालबहादुर थापाले बताए।

यशोधरा गाउँपालिका र मायादेवी गाउँपालिकाले कृषि र सिँचाइलाई प्राथमिकता दिने गरी बजेट ल्याउने तयारी गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.