विधेयक फिर्ता नलिएसम्म सरकारविरुद्ध अझै कडा आन्दोलन गर्ने चेतावनी
विधेयक फिर्ता नलिएसम्म सरकारविरुद्ध अझै कडा आन्दोलन गर्ने चेतावनी
जनकपुरधाम : सरकारले ल्याएको नागरिकता संशोधन विधेयकविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले आज प्रदेश २ का आठै जिल्लामा प्रदर्शन गरेको छ।
विधेयकमा नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलालाई सात वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने प्रावधान छ। सो प्रावधान स्वीकार गर्न नसक्ने भन्दै जसपाले पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रदेश २ का सदरमुकामहरुमा प्रदर्शन गरेको हो।
आज दिउँसो जसपाका नेता तथा कार्यकर्ताले जनकपुरधाम, सिरहा, जलेश्वर, राजविराज, वीरगन्ज, कलैयासहितका स्थानमा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा नेता तथा कार्यकर्ताहरूले ‘नागरिकता विधेयक खारेज गर’, ‘नेकपा सरकार मुर्दावाद’, ‘मधेसीमाथि विभेद गर्न पाइँदैन’ जस्ता नारा लगाएका छन्।
जनकपुरधाममा गरिएको प्रदर्शनमा प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र यादब, संघीय सांसद उमाशंकर अरगरिया, सांसद शैलेन्द्र यादव, रिना यादव, प्रमेश्वर साह, जनकपुरधामका मेयर लालकिशोर साह लगायतको उपस्थिति थियो। उनीहरुले नागरिकता विधेयक फिर्ता नलिएसम्म सरकारविरुद्ध अझै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।