१९२ जनाको संयुक्त अपिल, रद्द गर्न माग

|

काठमाडौं : अमेरिकी सहायताको मिलेनियम च्यालेञ्‍ज कर्पोरेशन (एमसीसी) परियोजना सम्झौता खारेज गर्न लब्ध-प्रतिष्ठित र सार्वजनिक छवि भएका १९२ जना नागरिकले संयुक्त अपील जारी गरेका छन्। 

राष्ट्रिय जीवनका महत्वपूर्ण र लब्ध-प्रतिष्ठित वाम तथा प्रजातान्त्रिक व्यक्तित्वहरु, देशभक्त प्रगतिशिल बौद्धिक समुदायहरू, विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, डाक्टर, इन्जिनियर र वकिल लगायतले एमसीसी परियोजना राष्ट्रिय हित र सुरक्षा विपरीत रहेको भन्दै खारेजीका लागि अपील गरेका हुन्।​​ अपील जारी गर्नेहरूमा पूर्वप्रशासकदेखि साहित्यकार र कलाकारसम्मको नाम उल्लेख छ।

'हामी संसारका जुनसुकै देशसँग पनि अहस्तक्षेप, शान्ति, समानता, मित्रता र पारस्परिक लाभको आधारमा सम्बन्ध स्थापित गर्न चाहन्छौँ, तर आज दुःखद् आश्चर्यको कुरा के हुँदैछ भने राष्ट्रघाती एमसीसी परियोजनालाई संसदबाट पारित गर्न जोडबल भै रहेको छ, यदि यसो भयो भने नचाहँदा नचाहँदै पनि भविष्यमा हाम्रो देश विश्वका शक्तिशाली मुलुकहरूको युद्ध मैदान बन्नेछ र हामीले ईराक, अफगानिस्तानको जस्तो दुर्दशा भोग्नुपर्ने छ,' अपिलमा लेखिएको छ, 'केही शर्तहरू यस्ता छन्, जसलाई स्वीकार गर्ने हो भने हाम्रो स्वतन्त्रता र स्वाभिमान अनि संविधान र कानूनको ठाडो उल्लङ्घन हुन जानेछ।'

आर्थिक अनुदान र विकासको नामा बाह्य घुसपैठ र हस्तक्षेप स्वीकार्य नभएको अपीलमा उल्लेख छ। राष्ट्रिय हित र सुरक्षा विपरित सम्झौता गरिएको एमसीसीजस्तो घातक सम्झौतालाई कुनै पनि हालतमा पारित नगर्न आफैंले चुनेर पठाएका सांसदहरुलाई अनुरोध गर्न, दबाब दिन र यसलाई पूरै रद्ध गर्न सरकारसँग जोडदार माग गरिएको छ।

एमसीसी खारेजीका लागि गरिएको संयुक्त अपील :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.