|

काठमाडौं :  लकडाउनले सबैको सक्रियता ‘लक’ गरिदिए पनि  बिस्तारै कलाकारहरुले आफ्ना सिर्जनाहरु डिजिटल बजारमा सार्वजनिक गरिरहेका छन्।  यस्तैमा गायक भुपु पाण्डे र गायिका प्रविशा अधिकारीको स्वरमा ‘मायालु’ बोलको बिल्कुलै नयाँ गीत सार्वजनिक भएको छ।

राजेश अर्यालले यस गीतमा  शब्द लेखेका छन् भने, संगीत गायक पाण्डेको नै रहेको छ।   म्युजिक भिडियोमा सुनिल क्षेत्री र वीना राउतको अभिनय देख्न सकिन्छ।  अमृत चापागाइँको सम्पादन, नवराज उप्रेतीको छायांकनमा निर्माण भएको ‘मायालु’लाई सुनिल क्षेत्रीको कोरियोग्राफी र निर्देशन गरेका हुन्।

गीतकार अर्यालको अफिसियल  च्यानल मार्फत भिडियो  सार्वजनिक भएको हो।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.