|

काठमाडौं : नेपालका पाँच जिल्ला कोरोना संक्रमित मुक्त भएका छन्।  बुधबारसम्मको तथ्यांकअनुसार देशभरका ७७ जिल्लामा फैलिएको कोरोना संक्रमण पाँच जिल्लामा संक्रमण शून्य देखिएको हो।

प्रदेश १ मा तेह्रथुम, भोजपुर, सोलुखुम्बु, गण्डकी प्रदेशमा मुस्ताङ र कर्णालीमा हुम्ला जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

हालसम्म देशभर कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ। बुधबार मात्रै कोरोना संक्रमितबाट निको भएर डिस्चार्ज हुने २ सय ५३ जना रहेका छन्। हालसम्म कोरोना जित्नेको संख्या ७ हजार ७ सय ५२ रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.