१७ हजार बढी लाइसेन्स प्वाल पारियो

|

काठमाडौं : आर्थिक वर्ष  ७६/७७ को तथ्यांकले उपत्यकामा सबैभन्दा बढी दुर्घटना मोटरसाइकल र स्कुटर रहेको देखाएको छ। महानगरीय ट्राफिक महाशाखाले दिएको जानकारी अनुसार मोटरसाईकल र स्कुटरको दुर्घटनाको संख्या ६ हजार ६ सय ३२ रहेको छ।

 ट्रक र टिपरको संख्या १ हजार ६ सय ३२, बस २ हजार ३३, माइक्रो २ सय ६७, कार,भ्यान र जीपको संख्या ६ हजार २ सय २०, टेम्पो र ट्याक्टर १ सय ४५ र साइकलको संख्या १ सय ३२ रहेका छन्।

पैदल यात्रु ४७, दुई पाङ्ग्रे साधनबाट ७६, ट्रकबाट ५, साइकलबाट ५, बसबाट ६, टिपरबाट ३ र कार चलाउने ३ जनाले ज्यान गुमाएका हुन्। जसमा १ सय १७ पुरुष रहेका छन् भने २८ महिला रहेका छन्।

 १७ हजार सवारी चालक अनुमतिपत्र प्वाल पारिए

 यो आर्थिक वर्षमा मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने  १७ हजार ३ सय ५ सवारी चालक अनुमती पत्रमा कारबाही स्वरुप प्वाल पारिएको छ। विभिन्न चरणमा सुरु भएको उक्त कारबाहीमा पहिलो चरणमा १६ हजार २ सय ९८, दोस्रो चरणमा ७ सय १९, तेस्रो चरणमा २ सय १५, चौथो चरणमा ७७, पाचौं चरणमा ३२ र निलम्बितको संख्या १४ रहेको महाशाखाले जनाएको छ। 

यो वर्ष गैर कानुनी रुपमा यात्रु बोकेका ५ हजार ८ सय ४०, हर्न निषेध गरिएपनि १४ हजार ३ सय २७ कारबाहीमा परेका छन्। तिब्र गतीमा हिड्ने १ हजार ७ सय ६४, सवारी साधन ठिक नभएका १२ हजार ४ सय ५१, जेब्राक्रस कारबाहीमा ७ हजार ६ सय ८५ र मोटरसाइकललाई मोडीफाइ गर्ने ३१ हजार ५ सय ४ जना कारबाहीमा परेका हुन्। 

कारबाही शुल्क बढाऔँ

महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले  सडकको अवस्था, चालकको लापरबाही, तीव्र गति, मदिरा सेवन गरेर ड्राइभ गर्नु, सडकमा छाडा चौपाया, पैदल यात्रुले जथाभावी सडक पार गर्नु र क्षमता भन्दा बढी यात्रु बोक्दा सवारी दुर्घटना हुने बताए। 

उपत्यकामा मात्रै होइन नेपालमा सवारी दुर्घटना दिनदिनै बढ्दै गएका छन्। यसको न्यूनिकरणका लागि सरकारले विभिन्न योजना ल्याए पनि प्रभावकारी हुन सकेको छैन। महाशाखा प्रमुख ढकालले नेपालको लाइसेन्स लिने पक्रिया नै अपूर्ण रहेको उल्लेख गरे। 'सामान्य लिखित र ट्रायल दिएको भरमा पाएको लाइसेन्स लिएर सोझै सडकमा आउने पक्रिया गलत छ। लाइसेन्सको लिने प्रक्रियालाई थप कडा गर्न जरुरी छ', उनले भने, 'अब विद्यालय र कलेजमा ट्राफिक शिक्षाको अवधारणा ल्याउन जरुरी रहेको छ।'

उनले सवारी साधन नियम दुरुपयोग गर्ने व्यक्तिलाई कारबाही शुल्क बढाउनुपर्ने आवश्यकता रहेको बताए।  जरिवाना लिने उदेश्य आफुहरूको नरहे पनि जरिवानाको डरले पनि सवारी चालकले आफ्नो नियम भुल्दैन भन्ने विषय हामीले भुल्न नहुने उनको तर्क थियो। उनले भने, 'राजस्व बढाउने हाम्रो उद्देश्य होइन्। हामी चाहन्छौं हरेक नागरिक सचेत हुन कडा चाही हुनैपर्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.