|

दैलेख : स्थानीय सरकारहरुले कोरोना महामारीको समयमा दिँदै आएको राहतमा कुहिएको चामल वितरण गरेको पाइएको छ। नारायण नगरपालिका–४ को कार्यालयले वितरण गरेको राहतको चामल कुहिएको भेटिएको हो। 

स्थानीय लिकुमारी कटुवालका अनुसार लकडाउन सुरु भएको केही समयपछि वडाले राहत वितरण गर्नुपर्ने भए पनि अहिले आएर वडाले कुहिएको चामल वितरण गरेकाले चामल छरेर दुई दिनदेखि आन्दोलन हुँदै आएकोे बताइन्। 

स्थानीय हस्तबहादुर खड्काले दुई महिनाअघि ल्याएर राखिएको चामल वितरण भएको र त्यसमा पनि कुहिएको चामल रहेकाले जनता आन्दोलित भएको बताए। उनले सरकारले विपदमा परेका जनतालाई सहयोग गर्नुपर्ने दायित्व भए पनि कुहिएको खाद्य वस्तु वितरण गर्न नपाइने बताए। 

यता वडाध्यक्ष वीरबहादुर कटुवालले चामल बाँढ्दाको समयमा आफू वडामा नभएकाले कुहिएको चामल नदेखेको बताएका छन्। उनले नगरपालिकाको टेन्डर प्रक्रियामार्फत चामल खरिद गरी गोदाममा राखेर वडामा पठाएपछि आफूहरुले सोही चामल वितरण गरेका बताए।  

वडा सचिव चक्रबहादुर कटुवालले कुहिएको चामल वितरण गरिएको भन्दै जनता आन्दोलित भएपछि जिल्ला प्रशासनबाट बुधबार आएको टोलीले स्याम्पल लगेर गएको बताए। स्थानीयले मंगलबार स्थानीयले वडा कार्यालयमा तालाबन्दी गर्नुका साथै ढुंगा प्रहार समेत गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.