|

काठमाडौं : कोरोना भाइरसले संकट निम्त्याएपछि ललितपुर महानगरपालिकाले  सम्पत्ति, घरबहाल, मालपोत, व्यवसाय र विज्ञापन करमा छुट दिने भएको छ।

कोरोनाका कारण महानगरबासीमा परेको असरलाई ध्यानमा राख्दै उक्त विशेष छुट दिन लागिएको महानगरले जनाएको छ।

महानगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'तिर्नुपर्ने बक्यौतामा १५ प्रतिशत जरिवाना मिनाहा तथा आर्थिक ऐन २०७७/७८ बमोजिम चालु आर्थिक वर्षको करमा १० प्रतिशत छुट व्यवस्था गरिएको छ।'

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.