|

हेटौंडा : बागमती प्रदेशमा तामाङ र नेपाल भाषा (नेवारी) पनि सरकारी कामकाजको भाषा घोषणा हुन लागेको खुशीयालीमा हेटौँंडामा ​उत्सव मनाइएको छ। 

स्थानीय बुद्धचोकमा नेवारी समुदाय र तामाङ समुदायले बाजागाजा र्‍याली निकालेका हुन्। उनीहरूले सरकारी कामकाजको भाषा लागू गरेकोमा प्रदेश सरकारलाई धन्यवाद दिए। 

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा तामाङ र नेवारी समुदायको बाहुल्य बसोबास रहेकाले ती समुदायको भाषाको सम्मान गरेको बताए। 

यो अवसरमा प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.