कोभिड-१९ {अपडेट}

पर्सामा कोरोनाबाट थप दुईजनाको मृत्यु, थपिए १४१ जना संक्रमित

प्रतीकात्मक तस्बिर
साउन २३, २०७७

    पर्सा : वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुईजना पुरुषको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका ७९ वर्षीय र ५७ वर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो।

    ५७ वर्षीय व्यवसायीको कोभिड अस्पताल गण्डकमा उपचारको क्रम मृत्यु भएको थियो। यस्तै, ७९ वर्षीय अर्का पुरुषको भने घरमा नै मृत्यु भएको थियो। उनीहरु दुवैको बिहीबार मृत्यु भएको हो। अस्थायी कोभिड विशेष अस्पताल गण्डकका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार मृतक दुवै मुटु र स्वासप्रस्वाव रोगबाट पीडित थिए।

    थपिएका संक्रमित अधिकांश जिप्रकाका 

    यस्तै, पर्सामा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमितमध्ये सबैभन्दा बढी जिल्ला प्रहरी कार्यालयसँग आबद्ध रहेका भेटिएको छ। उनीहरु प्रहरी र थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।

    ठेगाना पर्सा प्रहरी उल्लेख भएका ४७ जनामध्येसुरक्षाकर्मीभन्दा बढी थुनुवा भएको कुँवरले बताए। 

    संक्रमित बारा र रौतहटका पनि

    संक्रमितहरुमध्ये बाराका चार रौतहटका पाँच जना रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले जानकारी दिए। संक्रमिटमध्ये २४ जना महिला र बाँकी सबै पुरुष रहेको उनको भनाइ छ। संक्रमितहरुमा आठ वर्षदेखि ७९ वर्ष उमेर समूहसम्म रहेका छन्।

    थपिएका संक्रमितहरुमा वीरगन्ज महानगरपालिका–२५ श्रीसिया खलवाटोलाका मात्र २८ जना छन।

तुलसी भण्डारी

भण्डारी थाहा खबरका पर्सा समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]