|

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन निर्देशन दिएका छन्। शुक्रबार काठमाडौंमा भएको पूर्वकर्मचारी समाज नेपालको छैटौँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्वपूर्ण भूमिका रहेको बताए। उनले सरकार परिवर्तन भइरहने भए पनि कर्मचारीतन्त्र स्थायी हुने बताए।

उनले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर कर्मचारीहरुलाई हुने पनि बताए। उनले सरकारको सफलता र असफलतामा कर्मचारीको भूमिका महत्वपूर्ण हुने पनि बताए। उनले नेपाली जनताको उन्नति, प्रगति नेपाली कांग्रेसको अपूर्ण अभिष्ट भएको बताए।

उनले भने, ‘नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्वपूर्ण भुमिका रहेको छ।  सरकार परिवर्तन भइरहन्छन् तर कर्मचारीतन्त्र स्थायी हुन्छ। त्यसैले स्थायी सरकार पनि भनिन्छ। नेपाली जनताको उन्नति, प्रगति नेपाली काँग्रेसको अपूर्ण अभिष्ट हो। यो उद्देश्य पूरा गर्न हाम्रो पार्टी सदैव दृढ संकल्पित छ । त्यसका लागि लामो समयसम्म सरकारलाई तपाईहरुले दिएको अनुभव महत्वपूर्ण छ। आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने अभियानमा सफल गराउनुहुनेछ भन्ने विश्वास लिएको छु।’

सभापति देउवाले पार्टी बलियो बनाउने काममा एकजुट भएर लाग्न आवश्यक रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.