|
फाइल फोटो

काठमाडाैं :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना नियन्त्रण गर्न र जनताप्रतिको दायित्व पुरा गर्न केपी ओली नेतृत्वको सरकारले नसकेको आरोप लगाएको छ। 

कांग्रेसको कोभिड-१९ सम्बन्धी अनुगमन समितिको छलफलमा संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या मन्त्री गैरजिम्मेवार भएकोले समस्या आएको बताएका हुन्।

 ‘यो सरकारले  केही गर्ला र बाँचौँला भनेर सोच्‍ने अवस्था रहेन,’ उनले भने, ‘अब आफ्नो सुरक्षा आफैं गर्नुपर्ने भयो। सरकार लाचार भयो,’  महतले भनेका छन्। 

महतले कोरोना महामारीको समयमा सरकारमा रहेकाहरुले स्वास्थ्य सामाग्रीमा पनि भ्रष्टाचार गरेको भन्दै आपत्ति जनाए। उनले सरकारको उच्चस्तरीय समितिले कुनै पनि प्रभावकारी काम गर्न नसकेको र समिति असफल भएको पनि बताए।

‘यो सरकार रहुञ्जेल धेरै आश गर्ने ठाउँ छैन,’ उनले भने, ‘देशलाई इमान्दार र सशक्त नेतृत्व चाहिएको तर, अहिलेको सरकारमा रहेकाहरु इमान्दार नै भएनन्। सरकारी स्रोत र साधनको दुरुपयोग बाहेक केही गरेनन्।’ 

कांग्रेसले अनिवार्य मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, भीडभाडमा नजाने, नियमित साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, अत्यावश्यक काम बाहेक बाहिर नहिँड्न पनि सबैलाई आग्रह गरे। महतले सरकारले नगरेकाले नागरिकहरु सचेत भएर कोरोनाविरुद्ध लड्ने बेला आएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.