|

काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक विभागका डाक्टर र नर्समा कोरोना संक्रमण भेटिएको छ। 

आकस्मिक विभागका चार नर्सिङ स्टाफ र दुई जना डाक्टरलाई कोरोना भएको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिए। उनीहरुलाई कोरोना देखिएपछि आकस्मिक विभाग बुधबार नै सिल गरिएको छ। 

आकस्मिक विभागमा रहेका कर्मचारीको बिहीबार पिसीआर परीक्षण गरिने र अन्यलाई कोरोना भए नभएको यकिन नभएसम्म आकस्मिक विभाग बन्द रहने दासले बताए। 

अस्पतालका अन्य ओपिडी र ओटी सेवा भने सुचारु रहेको डा दासको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.