आइसियुमा एक सयजना, भेन्टिलेटरमा ६ जना

|

काठमाडौं : तीव्र गतिमा फैलिँदै गर्दा कोरोनाका बिरामी पनि गम्भीर बिरामी पर्न थालेका छन्। काठमाडौं उपत्यकामा गम्भीर लक्षणसहितका बिरामी थपिँदै गर्दा आइसियु र भेन्टिलेटरमा पुग्नेको संख्या पनि उकालो लाग्दैछ।

काठमाडौं उपत्यकामा आइतवार मात्रै १७२ जना संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै उच्च संख्या हो। काठमाडौं जिल्लामा मात्रै आइतवार १२६ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन्। 

गौतमका अनुसार संक्रमितको संख्या बढेसँगै बिरामी पर्नेहरूको ग्राफ पनि उकालो लाग्दै गएको छ। बिरामी परेकामध्ये अहिले आइसियुमा मात्रै १ सय जना उपचाररत रहेका गौतमले बताए। 

गौतमका अनुसार प्रदेश नम्बर २ मा ४१ जनाको आइसियुमा उपचार भइरहेको छ। त्यसैगरी बागमती प्रदेशमा ४७ जना आइसियुमा छन्। गण्डकी प्रदेशमा १ जना, प्रदेश नम्बर ५ मा ११ जना आइसियुमा उपचाररत रहेको उनले बताए।

गौतमका अनुसार गम्भीर बिरामी परेर भेन्टिलेटरमा पुग्‍ने संक्रमितको संख्या पनि बढिरहेको छ। बागमती प्रदेशमा ६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका उनले बताए। 

देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ रहेको छ। प्रदेश नम्बर १ मा ८३ हजार ८ सय ६९, बागमती प्रदेशमा २ हजार ८६ र गण्डकी प्रदेशमा २ सय ८० जना रहेका छन्। 

यस्तै प्रदेश नम्बर ५ मा ६ सय ४० कर्णाली प्रदेशमा २ सय १३ र सुदूरपश्चिम प्रदेशमा ७ सय ७० गरी ८ हजार ७ सय २४ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन्। 

यस्तै प्रदेश नम्बर १ मा ९३ जना, प्रदेश नम्बर २ मा ९८ जना, बागमती प्रदेशमा १ सय ५ र प्रदेश नम्बर ५ मा १ सय ८१ जना होम आइसोलेसनमा रहेका छन। यस्तै कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिममा १२ जना संक्रमित गरी ४ सय ९७ जना होम आइसोलेसनमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.