परिवार र सचिवालयका सदस्यको रिपोर्ट नेगेटिभ

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निवास कोटेश्‍वरको सुरक्षामा तैनाथ सातजना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण भएको छ।

नेता नेपाल निवासको सुरक्षा टोली र ड्राइभरसहित सातजनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरुमा संक्रमण पुष्टि भएपछि आइसोलेसनमा लगिएको छ। उनीहरुसँग सम्पर्कमा आएका अन्यको पनि परीक्षणका लागि स्वाब संकलन गरिएको छ।

नेता नेपालको सुरक्षामा तैनाथ प्रहरीको टोलीमा कोरोना पुष्टि भएपछि  अर्को टोली कोटेश्‍वर आइसकेको छ। नेता नेपालको सचिवालयका एकजना सदस्यका अनुसार सुरक्षाकर्मीबाहेक अन्यलाई कोरोना देखिएको छैन। 'नेता नेपालसहित परिवार र  सचिवालयका सदस्यहरुको परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आइसकेको छ', उनले भने। 

यसअघि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास सुरक्षार्थ प्रहरीमा पनि कोरोना देखिएको थियो। त्यसैगरी नेकपा महासचिव विष्णु पौडेलका अंगरक्षकमा पनि कोरोना पुष्टि भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.