|

डोटी : जिल्लामा रहेका नेपाली सेनाका २१ जनासहित २४ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ। 

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा  दिपायल सिलगढी नगरपालिका–४ मा सुल्लेकमा रहेको नेपाली सेनाको गरुबक्स गणमा कार्यरत २१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए। 

त्यसैगरी दिपालय सिलगढी नगरपालिका–६ मा दुई जना र केआईसिंह गाउँपालिका–४ मा १ जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ।

सुदूरपश्चिम प्रदेशमा यति ठूलो संख्यामा सुरक्षाकर्मी संक्रमण भएको यो पहिलो पटक हो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.