|

पर्वत : भूकम्पले कुश्मा नगरपालिका–१ पाङको तल्लो पाङमा एक घर भत्किएको छ।

बुधवार बिहान ५ः२० बजे सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाई गएको ६ रेक्टर स्केलको भूकम्पको धक्काले नारायण सुवेदीको दुई तले घर भत्किएको हो। लगातार भइरहेको वर्षाका कारण गलेको जमिनमा भूकम्प जाँदा घरको माथिल्लो तलाको भित्ता भत्किएको र छेवैमा बाँधिएको गाईलाई पुरेको भए पनि उद्धार गरिएको सुवेदीले बताए।

गत आइतबार राति भएको अविरल वर्षापछि उक्त घरको पछाडि पहिरो खसेर पानी थुनिएको थियो। त्यही पहिरो र पानीका कारण कमजोर बनेको अवस्थामा भूकम्पको धक्का पर्दा घर भत्किएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.