विराटनगर : लकडाउनका कारण करिब ६ महिनायता ठप्प बनेको सार्वजनिक यातायात सेवा शुक्रबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ। प्रदेश एकको राजधानी विराटनगरबाट बिहानै पूर्वको विभिन्न स्थानका लागि लामा तथा छोटा दूरीका बसहरु छुटेका छन्।
सरकारले भने हिजो असोज १ गतेदेखि नै सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो। तर, हिजो विश्वकर्मा पूजा परेकाले न्यून संख्यामा यातायात साधान चलेका थिए।
विराटनगरदेखि बिहानैदेखि बसहरु चले पनि बसपार्कमा यात्रुको संख्या भने नगन्य थियो। विराटनगरबाट प्रदेश १ का कोसी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा जाने बस यात्री कुरेर बसिरहेका थिए।
यस्तै काँकडभिट्टा, विराटनगरलगायत अन्य विभिन्न स्थानमा जाने यात्रुबाहक बसहरु पनि यात्रुको प्रतीक्षामा थिए। प्रदेश २ का सिरहा, सप्तरी, जनकपुरलगायत अन्य प्रदेशमा पनि विराटनगरबाट बस सेवा सञ्चालन हुँदै आएका छ।
सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार नै बसहरु सञ्चालन भइरहेका छन्। यातायात सञ्चालनमा आए पनि यात्रीको उपस्थिति कम रहेको विराटनगर बसपार्क काउन्टरका कर्मचारी अशोक ताम्राकारले बताए।
उनले सरकारले तोकेको गाडीको पूर्ण सिट क्षमताभन्दा ५० प्रतिशत कम यात्रु राखेर साविकको भाडामा ५० प्रतिशत थप गरेर भाडा लिएको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।