|

काठमाडौं : पछिल्लो समय काठमाडौंको वायु प्रदूषण विश्वकै टप टेन (१० मध्येको सूचीमा) पर्दै आएको छ। ‘एयर क्वालिटी इन्डेक्स’ को तथ्यांकअनुसार विभिन्न समयमा काठमाडौं कहिले पहिलो त कहिले दोस्रो, तेस्रो... नवौँ र दशौँ प्रदूषणको सूचीमा पर्दै आएको हो। यो क्रम निरन्तर घटबढ हुने गरेको छ।

नेपालमा यतिबेला तापक्रम वृद्धिसँगै विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायु प्रदूषण बढिरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको जानकारी दिएको छ।

लामो समयदेखि पानी नपरेको र डढेलोको धुवाँले गर्दा काठमाडौंको आकाश खुलेर सफा हुन सकेको छैन। सडकमा हिँड्ने पैदलयात्रीहरूले एकातिर गर्मी र अर्कातिर धुलो धुवाँको समस्या झेल्न बाध्य भएका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.