|

दाङ :  दाङका एक युवकको मलेसियामा मृत्यु भएको छ। बबई गाउँपालिका ५ बबरपुर निवासी १९ बर्षीय  दिपक खड्काको मृत्यु भएको उनका आफन्त सुशील खड्काले जानकारी दिए। 

करिब एक वर्ष अगाडी बैदेशिक रोजगारीको शिलशिलामा मलेसिया गएका खड्का गत आइतवार मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका थिए।  उनको टाउकोमा गम्भिर चोट लागेको थियो।  घाइते खड्काको  मलेसियामा रहेको टुन्का जाफर सेरेम्बाङ रासा अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.