|

टेक्सास : प्रवासी नेपाली मञ्‍च टेक्सासको अध्यक्षमा राजु नेपाल सर्वसम्मत चयन भएका छन्। अमेरिकाको टेक्सास राज्य अधिवेशनले नेपालको नेतृत्वमा नयाँ टिम चयन गरेको हो।

ड्यालसमा सम्पन्न अधिवेशनले नेपालको अध्यक्षतामा १३ सदस्यीय राज्य कमिटी चयन गरेको हो। कमिटीको उपाध्यक्ष मधुसूदन ज्ञवाली र लक्ष्मण थापा, सचिवमा मनीष थापा, सहसचिवमा साधना पन्त सर्वसम्मत भएका छन्।

कमिटीको सदस्यमा भीषण अधिकारी, घनश्याम पोखरेल, रचना प्याकुरेल, विशाल मरासिनी, गगनदीप जिसी, अर्जुन त्रिपाठी, विक्रम पाण्डे, बाबुराम काफ्ले र रामप्रसाद अधिकारी चयन भएको निर्वाचन समिति संयोजक गोकर्ण दाहालले जानकारी दिए।

नवनिर्वाचित पदाधिकारीहरुलाई प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सन्जय थापाले पद तथा गोपनियताको शपथ गराए। उक्त अवसरमा प्रवासी नेपाली मञ्‍च अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका इन्चार्ज प्रभु थापा, प्रवासी नेपाली मन्च अमेरिका क्षेत्रीय संयोजक ईश्वरी भट्ट, प्रवासी नेपाली मन्च राष्ट्रिय कमिटीका उपाध्यक्ष भीम ओली लगायतका नेताहरुको सहभागिता थियो।

नवनिर्वाचित अध्यक्ष नेपालले अमेरिकाको टेक्सासमा नेपालीको बसोबास बढिरहेको र आगामी दिनमा नेपाली समुदायको समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिवद्वता जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.