|

काठमाडौं : लागूऔषध मुद्दा दायर भएका पूर्वसभासद् मधुसुदन अग्रवाल लगायतलाई सो मुद्दाबाट उन्मुक्ति दिएको भेटिएपछि महान्यायाधिवक्ताको कार्यालयले छानबिन थालेको छ। 

महान्यायाधिवक्ता कार्यालयले सहमहान्यायाधिवक्ता बद्री गौतमको अध्यक्षतामा अर्का सहन्यायाधिवक्ता किरण पौडेल र नायव न्यायाधिवक्ता नारायण पौडेल सम्मलित आन्तरिक छानबिन समिति गठन गरेर छानबिन थालेको हो। महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार उनीहरुलाई उन्मुक्ति दिनुपर्ने कारणबारे प्रहरीले बनाएको अभियोग, सरकारी वकिल कार्यालयले बनाएको अभियोग तथा अन्य कागजपत्रहरु मगाएर छानबिन भइरहेको छ। 

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय, महान्यायाधिवक्तको कार्यालय तथा जिल्ला सरकारी वकिलको कार्यालय धादिङले उनलाई उन्मुक्ति दिने निर्णय गरेपछि त्यसमा संलग्न सरकारी वकिललाई छानबिनको दायरामा राखेको हो।

उन्मुक्तिका लागि सिफारिस गर्ने काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख डा. टेकनारायण घिमिरे र धादिङ जिल्लाका सरकारी वकिल कार्यालयका प्रमुख अधिवक्ता दयाशंकर अधिकारीलाई पनि छानबिनको दायरामा राखिएको छ। औषधि बनाउन आयात गरिएको ३ हजार ५ किलो प्री–क्रसर रासायनिक (सिउडोइफेडिन) अन्तर्राष्ट्रिय लागूऔषध तस्करीलाई बिक्री गरेको आरोपमा अग्रवाल लगायतलाई पक्राउ गरी मुद्दा दायर गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.