|

धनगढी : धनगढी उप–महानगरपालिका १४ बहुलिया सीमा प्रहरी चौकी फूलवारीमा कार्यरत सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली तानिएको छ। शनिबार प्रहरी चौकी कार्यरत १० जना प्रहरीलाई जिल्ला तानिएको हो।  

सई गोपाल कार्कीको कमान्डमा रहेको दश जनाको प्रहरीलाई जिल्ला तानिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सीमा प्रहरी चौकीमा कार्यरत सबै प्रहरीहरु तस्करसँग मिलेर असुली धन्दामा लगेकोले स्थानीयको आरोप छ। यही कारण उनीहरु जिल्ला तानिएका स्थानीयको भनाइ छ। 

चौकीका सबै प्रहरी जिल्ला तानिनुको कारण भने खुलाइएको छैन। उनीहरु पुराना भइसकेका र कार्य सन्तोषजनक नदेखिएकाले जिल्ला तानिएको प्रहरी प्रवक्ता डिएसपी प्रतीक बिष्ट भनाइ छ। तस्कीरसँग मिलेको विषयमा भने आफ्नो प्रतिक्रिया नरहेको र कारण खोल्न नमिल्ने उनले बताए। 

प्रवक्ता विष्टले उक्त चौकीमा सईकै नेतृत्वमा नयाँ टोली पठाइएको जानकारी दिए।

तस्कीरसँग मिलेर असुली गरेको आरोप   

प्रहरीले सीमा क्षेत्रमा हुने अवैध चोरी तस्करी गर्ने तस्करसँग मिलेर असुली गरेको स्थानीयले आरोप लगाएका छन्। प्रहरीले भारतबाट एक कट्टा मल ल्याउनेलाई समात्ने र खुलेआम भारतमा तस्कर गर्नेहरुबाट हप्ता असुली गर्दै छाड्ने गरेको स्थानीय फूलराम चौधरीले आरोप लगाए। किसानले दुई पैसा बचाउन भारत गएर कृषि सामान ल्याउँदा पनि प्रहरीले खोला किनारमा बसेर पैसा असुली गर्ने गरेको उनले गुनासो पोखे। 

प्रहरीकै संलग्नतामा नेपाल–भारत सीमा क्षेत्रमा खुलेआम तस्करी बढेको स्थानीय नेत्र मैनालीले बताए। उनले बर्दीमा ‘म पुलिस हुँ’ भन्दै सीमा क्षेत्रमा बसेर पैसा असुल्ने गरेका आरोप लगाए। 

पछिल्लो समयमा प्रहरीले तस्करलाई संरक्षरण गरी पैसा असुल्ने धन्दामा लागेकाले  र जनताको सुरक्षामा चासो नदिएको स्थानीय मोहन सिंहको भनाइ छ। उनले प्रहरी आफैंभित्र व्यापक विकृति रहेकाले सुधारको खाँचो रहेको बताए। 

स्थानीयले धनगढीको फूलबारी क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्थापनभन्दा पनि तस्करसँग मिलेर मोलमोलाई गर्ने गरेको आरोप लगाउँदै आएका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.