काठमाडौै : युइएफए नेशन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा डेनमार्कलाई ४-२ ले पराजित गर्दै बेल्जियम फाइनल पुगेको छ ।
घरेलु मैदानमा रामेलु लुकाकु चम्किएपछि बेल्जियमले शानदार जित दर्ता गरेको हो। बेल्जियमको जितमा लुकाकुले २ गोल गरे भने यूरी टिएल्मन्स र केविन डी ब्रुयनाले १र१ गोल गरे।
खेलको तीन मिनेटमै यूरीले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १७ औँ मिनेटमा डेनमार्कका जोनास विण्डले बराबरी गोल फर्काए । पहिलो हाफ १-१ को बराबरीमा टुंगियो। बेल्जियमका लागि दोस्रो हाफको ५७ र ६९ औँ मिनेटमा लुकाकुले दुई गोल गर्दै अग्रता दोब्बर बनाए।
खेलको ८६ औँ मिनेटमा बेल्जियमका नासर चाड्लीले आत्मघाती गोल गरे। खेलको ८७ औं मिनेटमा बेल्जियमका लागि डी ब्रूयनाले गोल गर्दै ४-२ को जित निश्चित गरेका हुन्।
यस्तै इटालीले बोसनिया हर्जगोभिनालाई २-० ले पराजित गर्दै ग्रुप १ मा शिर्ष स्थानमा रहदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। त्यस्तै ग्रुप २ बाट बेल्जियम शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको छ।
योसँगै लिगको फाइनल समीकरण पूरा भएको छ। गएराति लिग चरणका खेल सकिएसँगै फाइनल खेल्ने चार टीमको टुंगो लागेको हो। चार समुहका विजेता टिम बेल्जियम, फ्रान्स, इटाली र स्पेन फाइनल पुगेका छन्।
त्यस्तै ग्रुप ३ बाट फ्रान्स र ग्रुप ४ बाट स्पेन यस अघि नै फाइनल्समा पुगिसकेका छन्। फाइनल खेलको आयोजना इटालीले गर्ने भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।