|

धनकुटा : शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १६ औँ संस्करणमा बिहीबार सेमिफाइनल शुरु हुँदैछ। 

बिहीबार हुने पहिलो सेमिफाइनलको खेलमा विभागी सशस्त्र प्रहरी बलको एपीएफ क्लब र राष्ट्रिय जागृति फुटबल क्लब सुनसरीबीच प्रतिस्पर्धा हुनेछ। खेल धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ३ बजेपछि हुनेछ। मोरङको चारतारे युथ क्लबलाई १-० गोल अन्तरले हराउँदै एपीएफ सेमिफाइनलमा पुगेको हो।

यस्तै बुटबल लुम्बिनी फुटबल क्लब बुटबललाई टाईब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै राष्ट्रिय जागृति फुटबल क्लब अन्तिम चारमा पुग्न सफल भएको हो। 

शुक्रबार हुने दोस्रो सेमिफाइनलमा विर्तामोड युनाइटेड क्लब झापा र आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान बीच प्रतिस्पर्धा हुनेछ। विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाडौंलाई १-० गोल अन्तरले हराउँदै विर्तामोड युनाइटेड क्लब सेमिफाइनलमा पुगेको हो। यस्तै सलहेस युथ क्लब सिराहालाई १-० गोल अन्तरले हराउँदै आयोजक शहीद अन्तिम चारमा पुगेको छ।

दुवै सेमिफाइनलका विजेताबीच आगामी शनिबार फाइनल खेल हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए। प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन्। सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.