|

लमजुङ : मानव सेवा आश्रम लमजुङले साङलोले बाँधिएर कष्टकर जीवन बिताइरहेका एक व्यक्तिको उद्धार गरेको छ।

आश्रमले दोर्दी गाउँपालिका-९ माझगाउँका ४१ वर्षीय इमानसिंह गुरुङको बिहीबार उद्धार गरेको हो।  गुरुङलाई घरकै कोठामा साङ्लोले बाँधेर राखेको अवस्थामा उद्धार गरिएको मानव सेवा आश्रम लमजुङका संयोजक अनिता अधिकारीले बताइन्।

१८ वर्षको उमेरदेखि मानसिक सन्तुलन गुमाएका गुरुङलाई परिवारले साङ्लोले बाँधेर राखेका थिए। आफ्नै घर र परिवारबीच कष्टकर जीवन बिताउँदै आएका गुरुङलाई अहिले बेसीशहर नगरपालिका ७ स्थित आश्रममा राखिएको छ।

२०७३ सालमा लमजुङमा स्थापना भएको मानव सेवा आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ र अभिभावकविहीन व्यक्ति तथा सडक मानवको उद्धार गर्दै आइरहेको छ।

आश्रमले सडक मानव तथा वेसहारा जीवन बिताइरहेका व्यक्तिहरुको उद्धारसँगै उपचार, पालनपोषण  तथा पारिवारिक पुर्नमिलन गराउँदै आएको छ। अहिले आश्रममा २२ जनाले आश्रय लिइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.