|

धनगढी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय धनगढीमा एक युवा अनशन बसेका छन्। पाँचबुँदे माग राख्दै नेकपा डडेल्धुरा जिल्ला कमिटी सदस्य पदम बोहरा प्रदेश पार्टी कार्यालय धनगढीमा अनशन बसेका हुन्। 

उनले पार्टी विभाजन कुनै पनि हालतमा रोक्नुपर्ने, नेताहरुले पारिवारिक, व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर जनताको निम्ति काम गर्नुपर्ने, पार्टीका दुवै अध्यक्षले आ–आफ्नो प्रस्ताव फिर्ता लिन छलफल चलाउनुपर्ने, पार्टी एकताका बाँकी काम बढाउँदै महाअधिवेशनसम्म पुर्‍याउनुपर्ने र संघीयता गणतन्त्र रक्षाका लागि एकजुट हुनुपर्ने माग राखेका छन्। 

अनशनरत बोहोरा पत्रकार महासंघ डडेल्धुराका सहसचिव र प्रेस संगठन सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हुन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.