बिराटनगर : सरकारविरुद्ध आन्दोलनमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) विराटनगरमा सरकारविरुद्ध नेता कार्यकर्तालाई सडकमा उतारेकाे छ।
प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरको तिनपैनेबाट कांग्रेसले सरकार विरुद्धको नाराबाजी गर्दै नगरको परिक्रमा गरेको छ।
विरोध र्यालीमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गरेका छन्। सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध कांग्रेस सडक आन्दोलनमा उत्रिएको हो।
गाँउ गाउँबाट कार्यकर्ता उतारेको कांग्रेसले विराटनगरको जनआन्दोलन चोकमा सभा गर्ने कार्यक्रम रहेको छ। सभालाई सम्बोधन गर्न महामन्त्री शंशाक कोइराला विराटनगर पुगिसकेका छन्। सरकार भ्रष्टाचारमा डुबेको, सर्वसत्तावादतर्फ अगाडि बढेकाले ठिक ठाउँमा ल्याउन सडक आन्दोलन गर्नुपर्ने बाध्यता भएको कांग्रेस नेताहरू बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।