|

बैतडी : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले बैतडीमा पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीको आयोजनामा कांग्रेस कार्यकर्ताले सदरमुकाममा विरोध प्रदर्शन गरेका हुन्। त्यहाँ जिल्लाका  सबै क्षेत्रका नेता तथा कार्यकर्ता सहभागी रहेका कांग्रेस बैतडी कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए।

पार्टी कार्यालय गोठलापानीबाट नरासहित निस्केको र्‍याली शाहीलेक हुँदै जिल्ला प्रशासन कार्यालयअघि कोणसभामा परिणत भएको थियो। कांग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वराज्यमन्त्री नरबहादुर चन्द, पूर्वसभापति शिवराज भट्ट, पार्टी उपसभापति चतुरबहादुर चन्दलगायतले सम्बोधन गरेका थिए।

कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकार उदासीन, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ गते तनहुँमा भएको गिरफ्तारीलगायत विषय कांग्रेसीले उठाएका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.