|

कञ्चनपुर : नेपाली कांग्रेसका कार्यकर्ताले कञ्चनपुरको बेलौरी नगरपालिकाको कार्यालयमा बुधबार तालाबन्दी गरेका छन्। 

कांग्रेस बेलौरी नगर कार्य समितिको अगुवाइमा नगरपालिका कार्यालयमा ताला लगाइएको हो। चालु आर्थिक वर्षको योजना सार्वजनिक गरिनुपर्ने, अनधिकृत रुपमा राखिएका कर्मचारी तत्काल हटाउनुपर्ने माग राख्दै  प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद चौधरीको कार्यकक्षमा ताला लगाइएको कांग्रेस जिल्ला कार्यसमिति सहसचिव पुष्कल चौधरीले बताए।

सुशासन कायम गरी पारदर्शी रुपमा काम गर्नुपर्ने मागसमेत कांग्रेसले राखेको छ। ‘माग सम्बोधन नगरे अझै कडा कार्यक्रम ल्याउन बाध्य हुनेछौं,’ चाैधरीले भने। 

तालाबन्दीपछि बुधबार दिनभर कार्यालयका कामकाज प्रभावित भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.