नागरिक समाजदेखि मानवअधिकारकर्मी सडकमा

|

दाङ : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन असंवैधानिक तथा स्वेच्छाचारी भएको भन्दै मानव अधिकार तथा शान्ति समाज सडकमा उत्रिएको छ।

शान्ति समाज दाङ शाखाले तुलसीपुरमा प्रदर्शन गरेको हो। समाजका केन्द्रीय महासचिव सुशील बस्नेतको नेतृत्वमा नागरिक समाज, पत्रकार, कानुन व्यवसायी, अधिकारकर्मी प्रदर्शनमा उत्रिएका थिए।

विरोध सभालाई समाजका केन्द्रीय महासचिव बस्नेतले प्रतिनिधि सभा असंवैधानिक, स्वेच्छाचारी एवं लोकतान्त्रिक भएको बताए। साथै  संसद् विघटन लोकतन्त्रको सबैभन्दा ठूलो उपहास भएको समेत बताए।  

त्यस्तै विरोध सभामा वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले कुशासनमा लिप्त ओली सरकार प्रतिगमनको सबैभन्दा ठूलो मतियार भएको बताए। उनले पार्टीभित्रको कलह व्यवस्थापन गर्न नसक्ने ओलीले सनकका भरमा प्रतिनिधि सभा विघटन गरेको आरोप लगाए।

त्यसैगरी प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका नेता तथा कार्यकर्ताले पनि विरोध प्रदर्शन गरेका छन्। प्रधानमन्त्रीको कदमलाई गैरसंवैधानिक भन्दै नेकपाकै जनवर्गीय संगठनहरुले घोराहीमा विरोध प्रदर्शन गरेका थिए।

उनीहरुले ‘संसद् विघटनको असंवैधानिक कदम खारेज गर’ ‘संसद विघटन जनमतको धोका हो’, लगायतका नारा लगाएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.