|

काठमाडौं : निकै खतरनाक मानिएको नयाँ प्रकारको कोरोना भाइरस युरोपका अधिकांश देशमा फैलिएको छ। 

बेलायतमा पत्ता लागेको भाइरस युरोपबाहेक अन्य देशमा समेत फेला पर्न थालेको छ। स्पेन, स्वीडेन तथा स्वीट्जरल्याण्डमा बेलायतबाट फर्किएका व्यक्तिहरुमा यो भाइरसको संक्रमण देखिएको छ। 

बेलायतमा नयाँ प्रकृतिको भाइरस देखिएपछि अधिकांश देशले यात्रा प्रतिबन्ध लगाइसकेका छन्। बेलायतको राष्ट्रिय जनसंख्या कार्यालयका अनुसार त्यहाँ भेटिएका कोरोना पोजेटिभ व्यक्तिमध्ये दुई तिहाई संख्यामा नयाँ प्रकारको कोरोना संक्रमण भएको आशंका गरिएको छ। 

नयाँ प्रकारको भनिएको कोरोना भाइरस यसअघिको सामान्य कोरोनाभन्दा निकै तीव्र रुपमा फैलिएको छ। यस भाइरसले मानिसका संवेदनशील मानिएका कोषिकाहरुको धेरै असर गरेको पाइएको छ। यो भाइरस फैलिइसकेको हुन सक्ने अनुमान गरिए पनि परीक्षण र अध्ययन नभएका कारण पुष्टि हुन नसकेको विभिन्न समाचार माध्यमहरुले जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.