|

सल्यान : नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड– माधव) समूहले सल्यानमा पनि विरोध प्रदर्शन गरेको छ।

जनआन्दोलनपछि सम्भवत पहिलो पटक सल्यानमा यसरी शक्ति प्रदर्शन गरिएको हो। प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको यो पक्षले आरोप लगाएको छ।

दुई दुई पटकको संविधान सभाको निर्वाचनमा समेत यहाँ मुख्य राजनीतिक दलहरुले शक्ति प्रदर्शन गर्न सकेका थिएनन्। २०६३ सालमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउँदा माओवादीले शक्ति प्रदर्शन गरेको थियो। तत्पश्चात यस्तो देखिएको थिएन। 

लुहापिङबाट सुरु भएको र्‍याली पुरानो बसपार्क, ठण्डीसकड, नेपाल बैंक, हुलाक हुँदै पुरानो बसपार्कमा पुगी कोण सभामा परिणत भएको थियो। कार्यक्रममा बक्ताहरूले 'कम्युनिष्ट भित्रको तानाशाह नबन्न ओलीलाई आग्रह गरेका थिए।

संसद पुनर्स्थापना नभए प्रधानमन्त्री ओलीलाई जनताले सिहंदरबार र बालुवाटारबाट लखेट्ने उनीहरुले चेतावनी पनि दिएका थिए। कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य प्रकाश ज्वाला, टेक बहादुर बस्नेत, संविधानसभा सदस्य उमाकान्त शर्मालगायत नेताले सम्बोधन गरेका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.