काठमाडौं : नेपाल टेलिकमले भोलिदेखि फाइबर टु द होममार्फत आइपी टिभी सेवा सञ्चालनमा ल्याउने भएको छ।
हाल एफटिटिएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा अब आइपी टिभी सेवा पनि थप गर्न लागेको हो। कम्पनीको एनटी टिभी सेवाका लागि एफटिटिएच नेटवर्कको पहुँच अपरिहार्य रहेको हुनाले तत्कालका लागि यो सेवा काठमाडौं उपत्यकाभित्रका सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी, गोंगबु, पाटन, हात्तीगौँडा, जोरपाटी, कीर्तिपुर, सैबु, लुभु, नक्साल तथा उपत्यकाबाहिर बनेपालगायतका एफटिटिएच नेटवर्क पुगिसकेका र प्राविधिक रूपमा एफटिटिएच वितरण गर्न सकिने स्थानमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीको एफटिटिएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहकले एनटी टिभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नुपर्ने जनाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।