|

काठमाडौं : आजदेखि अ‌ंग्रेजी नयाँ वर्ष शुरु भएकाे छ। नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन्। उनले समृद्ध नेपाल, सुखी नेपालीको आकंक्षा पूरा गर्न राजनीतिक स्थिरता कायम हुनुपर्ने उल्लेख गरेका छन्।  

यस्तो छ प्रधानमन्त्री ओलीकाे शुभकामना 

आजदेखि सुरु भएको नयाँ वर्ष सन् २०२१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु। ग्रेगोरियन क्यालेण्डर र इस्वी सम्बत्को पात्रो अनुसार प्रत्येक वर्षको जनवारी १ तारिखलाई संसारका अधिकांश देशमा नयाँ वर्षका रुपमा मनाइन्छ। बैशाख १ लाई नयाँ वर्षका रुपमा मनाउने हाम्रो मौलिक परम्परा भए पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वी सम्बत्लाई हामी अन्तर्राष्ट्रिय नयाँ वर्षका रुपमा मनाउँछौं। 

भर्खरै बिदा भएको सन् २०२० मा हामीले विश्वब्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सामना गर्नु प¥यो। यसले हाम्रो स्वास्थ्य तथा राष्ट्रको सामाजिक र आर्थिक जीवनमा नकारात्मक असर पु¥यायो।संसारका साधन, स्रोत, प्रविधि र शक्ति सम्पन्न मानिएका देशरुले समेत यस महामारीका कारण हाम्रो भन्दा कयौं गुणा बढी क्षति बेहोर्नु प¥यो। हामीले कमजोरर अझ शून्य अवस्थामा रहेकोस्वास्थ्य संरचनालाई यसैबीचमा निर्माण गरी कोभिड–१९ को क्षति तुलनात्मक रुपमा न्यून गर्न सफल भयौं।यस संक्रामक महामारीबाट नागरिकहरुलाई बचाउन सरकारले अवलम्बन गरेका उपायहरुलाई साथ दिंदै सुरक्षित रहन म सबैमा आह्वान गर्दछु।  

भर्खरै बिदा भएको सन् २०२० मा नेपाललाई हामीले निम्न अर्थतन्त्रको मुलुकबाट माथि उठाएर निम्नमध्यम अर्थतन्त्रको मुलुकका रुपमा स्थापित गर्न सफल भएका छौं। संयुक्त राष्ट्रसंघको विकास लक्ष्य अनुरुप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गाेत्थान गर्ने सफलतातर्फ हामी उन्मूख छौं। वितेको वर्षमा हामीले मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौं। यातायात पूर्वाधार, पुल, रंगशाला, पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएका छौं। हामीले यही अवधीमाविकासका केही दूरगामी योजनाहरु थालनी ग¥यौं भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजनाहरु सम्पन्न ग¥यौं।पाँच वर्ष अघिको बिनाशकारी भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुनःनिर्माणलाई एकाध बाहेक निश्कर्षमा पु¥याउने सफलता प्राप्त गरेका छौं। ब्यावसायका लागि सुरक्षित राष्ट्रका रुपमा हाम्रो स्थान केही माथि पुगेको छ भने आयात कटौती र निर्यातमा केही बृद्धि गरी हामी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएका छौं। फलस्वरुप आपसमा निराशा बाँडेर बस्ने हाम्रो समाजिक प्रबृत्ति सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित हुन थालेको छ।

हामी समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तब्य तय गरी अघि बढिरहेका छौं। समृद्ध नेपाल, सुखी नेपालीको यो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य छ। तर, अब्यवस्था र अनिश्चयबाट लामो समय गुज्रेको मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा हामीले अनेक ब्यवधानहरुकोसामना गर्नु प¥यो। यसका बावजूदमुलुक निर्माणको प्रथमिकताबाट बिमूख ब्यक्तिहरुका निजी आकाङ्क्षाहरुले सिर्जना गरेका अवरोधहरुलाई छिचोल्दै राष्ट्रको साझा आकाङ्क्षा पूरा गर्ने बाटोमा हामी अविचलित निष्ठासाथ अघि बढिरहेका छौं। आगामी दिनमा हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र ब्यवहारिक रुपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामहरुलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्ने छौं। 

हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएका छौं। राष्ट्रिय समृद्धि तर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाईमा पुग्नेछन् भन्ने म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु। अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग अझ देखिनेगरी थप उचाईमा उठ्नेछ। राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन सुखी बनाउने हाम्रो अभियान सार्थक बिन्दुमा पुग्नेछ। आगामी वर्ष र दिनहरुमा हाम्रो राष्ट्रियता अझ मजबूत हुनेछ। हाम्रो स्वाधीनताको हामी अझ बढी ब्यवहारिक र वास्ताविक अर्थमा प्रयोग गर्दै अघि बढ्ने छौं। भौगोलिक अखण्डता र राष्ट्रिय हितहरुको रक्षा एवं राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने छौं। राष्ट्रिय समृद्धिका यी पाइलाहरुलाई उचाईमा पु¥याउने सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइहरुको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु। 

अन्त्यमा, नयाँ वर्ष सन् २०२१को अवसरमा स्वदेश र विदेशमा रहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यका लागि पुनः हार्दिक शुभकामना ब्यक्त गर्दछु। 

१७पुस, २०७७                          

 केपी शर्मा ओली 
(१ जनवरी, २०२१)

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.