|

काठमाडाैं : विश्व टेस्ट च्याम्पियनसिप भीडन्त रोमाञ्चक बन्दै गएको छ।

न्युजिल्यान्डले पाकिस्तान विरुद्धको पहिलो टेस्ट जितेसँगै फाइनल स्थानका लागि आफूलाई बलियो अवस्थामा पुर्‍याएको छ। प्रतियोगितामा भारतले अब दुई सिरिजबाट ६ खेल खेल्न बाँकी छ। यदि न्युजिल्यान्डले पाकिस्तानविरुद्धको सिरिज २–० ले नै जिते भारतलाई फाइनलका लागि दबाब बढ्ने छ।

भारतले ६ मध्ये ३ टेस्ट जित्नुपर्ने दबाब छ। अहिलेको समीकरणलाई हेर्दा अस्ट्रेलिया, भारत र न्युजिल्यान्डमध्ये २ टिमले फाइनलमा स्थान बनाउने सम्भावना बलियो छ।

विश्व टेस्ट च्याम्पियनसिपको फाइनल आगामी जुनमा हुनेछ। जहाँ अंक तालिकामा शीर्ष स्थानमा रहने २ टिमबीच प्रतिष्पर्धा हुने छ। नयाँ सिस्टमअनुसार टिमको वरीयता अंकका आधारमा नभई प्वाइन्टका आधारमा हुने छ।

अस्ट्रेलिया शीर्ष तथा भारत दोस्रो स्थानमा

दोस्रो टेस्टमा भारतले जित निकालेसँगै अस्ट्रेलिया र भारतबीच केवल ४/२ प्रतिशतको मात्र फरक छ। अस्ट्रेलिया ७६/२ प्रतिशतको साथमा शीर्ष स्थानमा रहँदा भारत ७२/२ प्रतिशतका साथमा दोस्रो तथा न्युजिल्यान्ड ६६/७ अंकका साथ तेस्रो स्थानमा छ। इंग्ल्याण्ड ६०/८ प्रतिशत अंकका साथमा चौंथो नम्बरमा छ। अन्य टिमको प्रदर्शन भने निराशाजनक छ। 

यी समीकरणले रोमाञ्चक हुँदै च्याम्पयनसिप

​यदि न्युजिल्यान्डविरुद्ध दोस्रो टेस्ट पनि पाकिस्तानले गुमाएको खण्डमा न्युजिल्यान्डको रवाफ बढ्ने छ। त्यस्तै इंग्ल्यान्डले भारतलाई हराए तथा अस्ट्रेलिया दक्षिण अफ्रिकासँग पराजित भए टेस्ट च्याम्पियनसिप रोमाञ्चक मोडमा पुग्ने छ। किनकि अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमले जुनमा हुने फाइनल खेल्नेछन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.