|

काठमाडौं : सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ।

उनीहरूलाई सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको फेला परेको खबर सम्बन्धित परीक्षा केन्द्रबाट प्राप्त भएपछि प्रहरीले सुनसरीबाट ८ जना, जुम्लाबाट २ जना र सुर्खेतबाट ४ जना गरी १४ जनालाई पक्राउ गरेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.