|

नेपालगञ्ज :   बाँके जिल्लामा  अबैध हतियारको प्रयोग बढ्दै गएको छ। खुल्ला सिमानाको फाइदा उठाउँदै सीमावर्ती भारतिय बजारबाट अबैध हतियार लुकाई छिपाई ल्याउने र अपराधिक घटनामा प्रयोग गर्ने क्रम बढ्दै गएको हो।

यसै क्रममा बाँके प्रहरीले डुडुवा गाउँपालिकाको वाड नं १ का दिपक कुमार बर्मालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ। प्रहरीले खान तलासीको क्रममा बर्माले कम्मरमा लुकाई राखेको अबस्थामा कटुवा  पेस्तोल बरामद गरेको हो। २०७७ साउनदेखि हाल सम्म बाँके प्रहरीले ५ थान भरुवा बन्दुक , ३ थान कटुवा पेस्तोल र १० राउन्ड गोलीसहित ८ जनालाई पक्राउ गरि सकेको छ। 

असोज २० गते  बाँकेको नरैनापुरबाट प्रहरीले  दुई थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने ५ थान गोलीसहित दुई जनालाई पक्राउ गरेको थियो। हतियारसहित पक्राउ परेका अभियुक्तहरुलाई  मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ दफा १३२ बमोजिम मुद्धा चलाइने तयारी भएको  प्रहरीले जनाएको छ। उनीहरुले गरेको कसुर पुष्टी भएमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने वा दुबै हुन सक्ने प्रावधान रहेको छ। 

खुला सीमानाका कारण बाँकेमा अबैध हतियारको बिगबिगी बढ्दै गएको छ। खुला सीमा नाकाका कारण अबैध हतियारको ओसार पसार हुन नदिन प्रहरीले सीमा नाकामा चेक जाचमा  कडाई गर्दै आएको छ।  यसैबीच बाँके प्रहरीले अपराधिक गतिबिधि नियन्त्रण र फरार अभियुक्तहरू पक्राउ गर्ने अभियान सुरु गरे पछि अपराधिक  गतिबिधि संलग्न ब्यक्तिहरु धमाधम पक्राउ भइरहेका छन्। 

२०७७ साउन देखिहाल सम्म बाँके प्रहरीले विभिन्न अपराधिक घटनामा संलग्न भई फरार रहेका ४ सय ७८  जनालाई पक्राउ गरी कानुनी कारबाहीको प्रकृया अगाडि बढाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.