|

सिन्धुली :  गोलन्जोर गाउँपालिकाका सयौं युवा गाउँमा केही गर्न सकिँदैन भनी विदेश गएका छन्। 

तर स्थानीयले 'हेलाँ' गरेको गाउँमा खोटाङदेखि आएका एक कृषकले बोटभरि लटरम्म टमाटर फलाएर देखाएका छन्। खोटाङको हेलेसी तुवाचुङ गाउँपालिका स्थायी घर भएका नारायण गिरीले गोलन्जोर गाउँपालिकाको ग्वाल्टारमा टमाटर खेती सुरु गरेको एक वर्ष भएको छ।

ग्वाल्टारमा १३ रोपनी जग्गा भाडामा लिएर टमाटर खेती गरिरहेका गिरीले यो वर्ष एक लट टमाटर बिक्री गरिसकेका छन्। पहिलो लटमै उत्पादन भएको टमाटरबाट करिब १२ लाख बराबर आम्दानी गर्न पनि उनी सफल भए। 

उत्पादन भएको टमाटर सिन्धुलीकै बजारमा खपत हुँदै आएको छ। उनका अनुसार सिन्धुलीबाहेक रामेछाप, उदयपुर, ओखलढुंगा, खोटाङसम्मका व्यापारी आफैं आएर किनेर लैजाने गरेका छन्। कृषि पेसामा लागेर मेहनत गरे गाउँमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उनी उदाहरण भएका छन्। 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.