ढोरपाटन : बागलुङ–म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–ताराखोला हुँदै म्याग्दी पुग्ने ७ किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ।
हटिया बजार–ताराखोला गाउँपालिका–३ स्थित घुस्मेली बजारसम्म २८ करोड रुपैयाँको लागतमा कालोपत्र गर्ने ठेक्का लागेसँगै काम प्रारम्भ भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनले बताए।
चालु आवमा १० किलोमिटर बाटो पिच गर्ने लक्ष्य रहेको जानकारी उनले दिए। ताराखोला खण्डमा वर्षाको पानी व्यवस्थापन गर्न नाला बनाउने तथा सडक फराकिलो पारिँदै छ।
इन्जिनियर पुनले भने, “हालसम्म ७० प्रतिशत काम पूरा भएको छ, ७ किलोमिटर खण्डमा कालोपत्रको काम प्रारम्भ भएको छ, मौसमले साथ दिए घुस्मेली बजारसम्म पिच गर्ने योजना छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।