|

विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरूलाई चीनमा अनुसन्धान गर्नका लागि अनुमति दिन आफू तयार रहेको चीनले बताएको छ। विश्व स्वास्थ्य संगठनले कोभिड १९ भाइरसको उत्पत्तिको विषयमा चीनमा अनुसन्धान गर्ने इच्छा देखाएको थियो। तर विगतमा भने चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरूलाई प्रवेश गर्न दिए पनि अनुसन्धान गर्न नदिने बताउँदै आएको थियो।

तर शनिबार चीनले ती अनुसन्धानकर्ताहरूलाई चीनमा अनुसन्धानको लागि अनुमति दिइएको बताएको हो। चीनको वुहान शहरमा कोभिडको भाइरस पहिलोपटक देखिएको थियो। त्यस विषयमा विश्व स्वास्थ्य संगठनले अनुसन्धान गर्न चाहेको थियो। तर त्यसबेला चीन सरकारले अनुमति दिएको थिएन।

शनिबार चीनका एकजना वरिष्ठ स्वास्थ्य अधिकारीले यो जानकारी दिएका छन्। उनले भनेका छन् कि चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धान अधिकारीहरुलाई यस विषयमा अनुमति दिएको छ। आगामी केही दिनमा अनुसन्धानकर्ता आगमन हुने बताउदै चीनले उनीहरुको स्वागत गर्नेछ जनाएको छ। चीनको नेशनल हेल्थ कमिसनका निर्देशक चेन इ सिनले सो कुराको जानकारी दिएका हुन्।

उनले ती अधिकारीहरुले चीनमा कोभिड-१९ को उत्पत्तिको बारेमा गर्ने अनुसन्धानमा पूर्ण रुपमा सघाउन चीन तयार रहेको बताए। चेनले भने, 'विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुले यस अनुसन्धानका विषयमा उनीहरुको कार्यक्रम र कार्य सूची के कस्तो छ भन्ने बारेमा हामीलाई जानकारी दिएपछि उनीहरुसँगै हाम्रा अनुसन्धान अधिकारीहरु पनि वुहान जान तयार छन्।'

 यस अनुसन्धानमा आफूहरुले आवश्यक सहयोग गर्ने र उनीहरुको कार्यक्रम अनुसार नै आफ्ना अनुसन्धान अधिकारीहरु वुहान जाने पनि चीनका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.