|

हमासले प्यालेस्टिनी क्षेत्रमा सात महिनादेखि जारी युद्धमा युद्धविराम खोज्ने वार्तालाई रोक्न इजराइल गाजाको रफाहमा आक्रमण गरेको आरोप लगाएको छ। 

इजिप्टको सीमा नजिकै प्यालेस्टिनीले आश्रय लिएको रफाहमा ट्या‌ंक पठाएर इजराइलले अन्तर्राष्ट्रिय आपत्तिको अवहेलना गरेको आरोप हमासले लगाएको हो।

‘रफाह र यसको सीमा नाकामा भएको सैन्य कारबाहीले मध्यस्थकर्ताको प्रयासमा बाधा पुर्‍याउने उद्देश्य राखेको छ’, इज्जत अल-रिस्कले भने, ‘यद्यपि हमास अहिले पनि मध्यस्थकर्ताहरूद्वारा प्रस्तुत युद्धविराम प्रस्तावलाई स्वीकार गर्न प्रतिबद्ध छ।’

उनले कायरोमा वार्ताका लागि पठाइएको हमासको प्रतिनिधिमण्डल प्रस्थान गरी कतारको राजधानी दोहा फर्किएको बताए। इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले महिनौँदेखि इजराइल र हमासबीचको सम्झौतामा मध्यस्थता गर्ने प्रयास गरिरहेका छन्। 

इजिप्टको गुप्तचरसँग सम्बन्धित अल-काहेरा न्युजले लामो समयदेखि रोकिएको युद्धविराम सम्झौतालाई बलियो बनाउने उद्देश्यले कतार, अमेरिका र हमासका प्रतिनिधिमण्डलको वार्ता बिहीबार कायरोमा जारी रहने बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.