|

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले शनिबार ६ जिल्लामा एक साथ विरोधका कार्यक्रम गर्दैछ। सुनसरी, सर्लाही, सिरहा, बारा, कपिलवस्तु र रौतहटमा कार्यक्रम गर्ने तयारी भएको नेता केशव झाले जानकारी दिए। 

सबै जिल्लामा एकसाथ कार्यक्रम सुरु हुन लागेको उनले बताए। सुनसरीको धरानमा हुने कार्यक्रमलाई पार्टीका वरिष्ठ नेता अशोक राई, सर्लाहीको मलगंवामा वरिष्ठ नेता राजेन्द्र महतो, सिरहामा रेणु कुमारी यादव, बाराको कलैयामा जितेन्द्र सोनल, कपिलवस्तुको तौलिहवाका लागि मृगेन्द्रसिंह यादव र रौतहटका लागि नेता अनिल झा, हिसिला यमीलगायतले सम्वोधन गर्ने कार्यक्रम तय भएको उनले जनाए। 

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले चरणबद्ध रुपमा बिरोधका कार्यक्रम गर्दै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधि सभालाई भंग गरेका थिए। संसद भंग गरेपछि सत्तापक्षकै असन्तुष्ट पक्ष, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि चरणबद्ध आन्दोलन गरिरहेको छ।

संसद विघटन विरुद्धको मुद्धा सर्वोच्च अदालतमा अहिले विचाराधीन छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.