|

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्न नमिल्ने बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो बताएका हुन्।  

वरिष्ठ नेता पौडेलले लोकतन्त्रको चिर हरण हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताएका छन्। उनले संविधानलाई जोगाएर मात्रै निर्वाचनमा जानुको विकल्प नभएको तर्क गरेका छन्।

‘लोकतन्त्रको चिर हरण हुँदा कांग्रेस चुप लागेर बस्ने कुरा हुँदैन। त्यसैले संविधान जोगाएर मात्र निर्वाचनमा जानु पर्छ,’ उनले भनेका छन्, ‘जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्न मिल्दैन। त्यसैले संघीयता जोगाएर निर्वाचनमा जानुपर्छ।’
 
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसमा पनि दुई धारमा देखिएको छ। सभापति शेरबहादुरले प्रतिनिधिसभा विघटनलाई नरम रुपमा लिएर निर्वाचनमा जान तयार रहेको देखिएका छन्। यता, नेता पौडेलले कांग्रेसलाई निर्वाचनमा जान कुनै हतारो नभएको दाबी गर्दै आइरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.