|

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुले गर्ने खर्चको सीमा तोकेको छ। शनिबार बसेको आयोगको बैठकले स्थानीय तहमा भाग लिने उम्मेदवारले निर्वाचन प्रचार प्रसार लगायत कार्यमा गर्न पाउने खर्चको सीमा तोकेको हो। 

आयोगको मापदण्ड अनुसार महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले अधिकतम ७ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन्। मतदाता नामावली खरिद, सवारी साधन, इन्धन, प्रचार सामग्री ढुवानी, कार्यकर्ता परिचालन, कार्यालय सञ्चालन लगायत १० वटा शीर्षकमा मात्रै खर्च गर्न पाइने व्यवस्था आयोगले गरेको छ। महानगरपालिकाका वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारले भने बढीमा ३ लाख रुपैयाँ खर्च गर्न पाउनेछन्। यसैगरी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका लागि ५ लाख ५० हजार , वडा अध्यक्ष र सदस्यका लागि २ लाख ५० हजार रुपैयाँ खर्चको सीमा तोकिएको छ। 

नगरपालिकाकाा प्रमुख र उपप्रमुखका लागि ४ लाख ५० हजार, वडा अध्यक्ष र सदस्यका लगि २ लाख रुपैयाँ तोकिएको छ। गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षकका उम्मेदवारले बढीमा ३ लाख ५० हजार र वडा अध्यक्ष र सदस्यले १ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने निर्णय आयोगले गरेको छ। त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका उम्मेदवारले बढीमा २ लाख ५० हजार र सो समितिका सदस्यले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने नियम छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.