|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीसँग तत्काल एकता हुने कुनै आधार नभएको बताएका छन्। नेकपाले देशको पछिल्लो परिस्थितिबारे सम्पादकहरूसँग गरेको छलफलका कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

'केपी ओलीको व्यवहार र प्रवृत्तिको कारणले यस्तो अवस्था संकट आयो उहाँले पद छाड्न पर्दा कुर्सी, भाँच्ने घरमा आगो लगाउने काम गर्नुभयो' उनले भने, 'त्यसैले अहिले तत्काल उहाँसँग एकता हुने म चाहिँ देख्दिनँ, राजनीति हो पछि के हुन्छ भन्ने थाहा छैन।' 

प्रधानमन्त्री ओलीले पनि तत्कालै आफूले गरेको गल्ती स्वीकार गरेर फर्कने अवस्था रहेको बताए। उहाँले पनि गल्ती स्वीकार गरेर फर्किने अवस्था म देख्दिनँ, ओली गल्ती स्वीकार गरेर नफर्किएपछि एकता हुने कुरै भएन' उनले भने।​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.