प्रधानमन्त्रीलाई हरेक किसिमले सहयोग गर्ने विश्वास

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त आर्थिक सल्लाहकार तथा निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण जिम्मेवारी दिएको उल्लेख गर्दै आफ्नो जिम्मेवारीमा खरो उत्रिने र प्रधानमन्त्रीलाई हरेक किसिमको सहयोग गर्ने विश्वास दिलाएका छन्। 

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा दुगडले भने, ‘मैले १३ महिना उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको रुपमा काम गरेको छु। यो मन्त्रालयमा काम गरेबापत मैले धेरै प्रशंसा पाएँ। यो महामारीको बेलामा मन्त्रालय र्‍यान्किङमा नम्बर वानमा परेको सुन्न पाएँ। यो थाहा पाउँदा खुशी लाग्यो। हामीले एकदम इमानदार भएर र पारदर्शी ढंगले काम गरेको हो।'

भिजन र कन्फिडेन्स भएको र विल पावर भएकोले राम्रो काम गरेको उनको दाबी थियो। भिन्दै फेस भएको व्यक्तिले राम्रो काम गर्न सकेको उनले बताए।

आफूहरूको कामले जनतामा राहत मिलेको उनले बताए। 'निजी क्षेत्रको लागि पनि राम्रो प्रतिक्रिया हो। हाम्रो मन्त्रालय भनेको निजी क्षेत्रको प्यारेन्ट्स हो। हामीले काम गर्ने सिस्टम चेन्ज गर्यौं। दुई दिनमा काम गर्ने वातावरण बनायौं। बढीमा तीन दिनमा काम गरिदिने गरी नयाँ प्रणालीले काम सुरु गर्यौं। नीति पनि त्यहीअनुसार बनायौं। सबै सचिव, सहसचिवले सहयोग गर्नुभयो,’ उनले भने।

कोभिड–१९ को महामारीको समयमा कुनै वस्तुको अभाव हुन नदिएको पनि दुगड स्पष्ट पारे। भने, ‘हामीले प्याण्डेमिकको समयमा घर–घरमा खाद्यान्न पुर्यायौं। हामीले कालोबजारी हुन दिएनौं। राहत वितरणहरु पनि गर्यौं। हामी एक दिन पनि घरमा बसेनौं। रातदिन काम गर्यौं। प्रधानमन्त्रीज्यूले प्रमोट गरेर अहिले मलाई आफैंसँग राखनुभयो। मैले गरेको कामको प्रशंसा गर्नुभयो। पफर्मेन्स राम्रो भयो भनेर भन्नुभयो। अहिले जुन जिम्मेवारी दिनुभयो, मैले यसलाई गम्भीर चुनौतीको रुपमा लिएको छु।’ 

सल्लाहकार दुगडले कोरोना महामारीले गर्दा अर्थतन्त्र जर्जर भएको उल्लेख गर्दै यसलाई सुचारू गर्नुपर्ने चुनौती रहेको सुनाए। भने, ‘अहिले राजश्व घटेको छ। बेरोजगारी बढेको छ। नयाँ लगानी आएको छैन। लगानी गर्न मान्छेहरु डराइरहका छन्। प्रधानमन्त्रीज्यू समृद्ध नेपाल बनाउन लाग्नुभएको छ। म पनि उहाँलाई कसरी सहयोग पुर्‍याउन सक्छु भनेर लागेको छु। म पारदर्शी व्यक्ति हुँ।’ 

देशको समृद्धि निजी क्षेत्रको हातमा रहेको उल्लेख गर्दै निजी क्षेत्र समृद्ध हुनुपर्ने उनले धारणा राखे। भने, ‘हामीले यसलाई विशेष प्रोत्साहित गर्नुपर्छ। निजी क्षेत्रको मनोबल गिर्न दिनु हुँदैन्। म पनि निजी क्षेत्रबाट आएको व्यक्ति हुँ। मलाई समस्या थाहा छ। राम्रो र सही काम गर्ने उद्योगी तथा व्यवसायीलाई बढाउनुपर्छ। म आफ्नो भूमिकामा खरो उत्रिन्छु। म प्रधानमन्त्रीलाई पूरा सहयोग गर्नेछु। दक्ष जनशिक्तको अभाव हुन नदिई ठूला–ठूला परियोजना सम्पन्न गर्नुपर्छ। पुँजी त चाहिन्छ। पैसा खर्च हुनुपर्छ। पैसाको फ्लो बढ्छ। पुँजीको सर्कुलेसन हुनु बहुत् आवश्यकत्ता छ।’

उनले चुनावबाट कोही पनि डराउनु नहुने स्पष्ट पारे। उनले भने, ‘आफ्नै साथीहरुले हठ प्रयोग गरेर। प्रममाथि विभिन्न चार्जहरु लगाइयो। बरु, उहाँले चुनौती दिनुभयो–एउटा पनि आरोप प्रमाणित गरे जस्तोसुकै सजाय भोग्छु भन्नुभयो। चार्ज लगाएर मात्रै हुँदैन। त्यो प्रमाणित हुनुपर्यो। दुई तिहाईको सरकारलाई विस्थापित गर्न खोजियो। पाँच वर्षसम्म अध्यक्ष र पाँच वर्षसम्म प्रधानमन्त्री हुने सुविधा र बहुमत थियो, तर उहाँले चुनावमा जाने निर्णय गर्नुभयो। जनताको मत लिने कुरा त राम्रो हो।’ 

उनले आफू पनि प्रधानमन्त्रीको साथमा उभिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई हरेक किसिमको सहयोग गर्ने विश्वास दिलाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.