|

काठमाडाैं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति आपत्ति जनाएको छ।

आइतबार प्रधानमन्त्री ओलीले अपांगता भएकाहरुसँगको कार्यक्रममा संसद विघटनको विरोधमा बोल्नेहरू देशद्रोही भएको बताएका थिए। साथै ओलीले पुराना वकिल तथा अदालतप्रति गरेको टिप्पणीप्रति कांग्रेसले अत्यन्तै आपत्तिजनक भएको बताएको छ।  

आज एक विज्ञप्ति नै जारी गर्दै कांग्रेसले फरक मत, आफ्नो विचार र विरोध प्रकट गर्नु हरकोहीको नैसर्गिक अधिकार भएको भए पनि प्रधानमन्त्रीको यो भनाइ लोकतन्त्रविपरीत भएको लेखेको छ। 

प्रधानमन्त्रीको यो भनाइले उनामा अधिनायकवादको आकांक्षालाई थप उजागर गरेको कांग्रेसले भनेको छ। साथै सर्वोच्च अदालतमा भइरहेको तमासाको संज्ञा स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न भएको पनि कांग्रेसले लेखेको छ। 

सम्मानित र पाका ज्येष्ठ नागरिकको अपमान समाजकै अपमान भएको भन्दै कांग्रेसले आलोचक पत्रकारलाई नर्क जान्छस् भन्नु प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति भएको र पूर्वप्रधानन्याधीशलाई अजासु भन्नु स्वतन्त्रताविरुद्धको बर्बराहट भएको पनि कांग्रेसले भनेको छ। 

प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिले पदको गरिमालाई धुलिसात गरेको र आफ्नोविरुद्ध उठेको स्वर र समुदाय हरेकलाई होच्याउने भइरहेको कांग्रेसले लेखेको छ। 

साथै कांग्रेसले प्रधानमन्त्री ओलीले चालेको कदम र संसद विघटनविरुद्ध उठेका विरोधका स्वरहरुलाई देशविरोधी भन्नु गैरजिम्मेवार भएको भन्दै लाञ्छित नगर्न र समाजको कुनै पनि पेसा समुदायलाई अपमान नगर्न पनि कांग्रेसले चेतावनी दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.