|

बैतडी : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले बैतडीमा विरोध प्रदर्शन गरेको छ। जिल्ला सदरमुकाममा कांग्रेसका भ्रातृ संस्थाहरुले प्रदर्शन गरेको नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपिल केसीले बताए।

नेपाल विद्यार्थी संघ, तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघलगायतका भ्रातृ संस्थाहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा बैतडीका १० वटै स्थानीय तहका कांग्रेस र भ्रातृ संस्थाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

लोकतान्त्रिक चोक शाहीलेकबाट सुरु भएको र्याली गढी हुँदै गोठलापानीमा विरोधासभामा परिणत भएको थियो। कपिल केसीको नेतृत्वमा नेविसंघ, घनश्याम भट्टको नेतृत्व तरुण दल, देवु ठगुन्नाको नेतृत्वमा महिला संघ र रमेश कोलीको नेतृत्वमा दलित संघ प्रदर्शनमा उत्रेका थिए।

गोठलापानीमा आयोजित विरोधसभामा नेताहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको दाबी गरेका छन्। देशमा विभिन्न खालका परिवर्तन भएका र परिवर्तनहरु संस्थागत हुन नपाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत काम गरेको कांग्रेस बैतडीका सचिव बीरबहादुर विष्टको आरोप छ।

यस्तै, कांग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापाले सरकारले अलोकतान्त्रिक कदम चालेकाले कांग्रेस सडकमा आएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.